arrow

पुरानो पुस्ताको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ- सुनिता डंगोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
sunita-dangol-uml.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताएकी छन् ।  शनिवार काठमाडौँमा उनले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताइन् । 

उनले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन आग्रह गरिन् । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको बताइन् । राजनीतिमा आउने पुस्ताले पुरानाहरूलाई उत्तिकै सम्मान दिनुपर्ने बताइन् । 

उनले रञ्जना लिपी जस्तै अन्य पुराना लिपिहरूको पनि संरक्षण गर्न आवश्यक रहेको बताइन् । उनले पुराना लिपिहरू लोप हुँदै गएको भन्दै त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भूमिका रहने बताइन् ।



नयाँ