arrow

खानेपानी संस्थानको आफ्नै भवन बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
nepal-khanepani.jpg

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाअन्तर्गत विन्ध्यवासिनी इकाईको आफ्नै भवन बन्ने भएको छ ।

कुल दुई करोड ३५ लाख ८८ हजार रुपैयाँको लागतमा भवन बन्न लागेको हो ।

भवन २०८१ को भदौ महिनासम्ममा निर्माण सम्पन्न हुने लक्ष्यसहित निर्माणको जिम्मा बलदेव एकता जेभीले पाएको छ । संस्थानको विन्ध्यवासिनी इकाई कार्यालय भाडा घरबाट सञ्चालित छ । 

भवनको शनिबार संस्थानको पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले शिलान्यास गरे ।

सो अवसरमा उनले भवन बनेसँगै उपभोक्तालाई सेवा सहज बन्ने विश्वास व्यक्त गरे । 

हाल भाडामा बसेको भवनबाट प्रभावकारी सेवा दिन नसकेको स्वीकार गर्दै उनले आधुनिक र सुविधासम्पन्न भवन बनाउन लागिएको जानकारी दिए ।

सो कार्यालयले पोखरा महानगरपालिका वडा नं १, २, ३, ४, ११, १२, १६, १८ र १९ वडामा करिब १३ हजार धारामार्फत सेवा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ