arrow

भारतको कानपुरमा रेल दुर्घटना, कम्तीमा ६३ को मृत्यु

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
rail.jpeg
कानपुर । भारतको कानपुरमा भएको रेल दुर्घटनामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय समयअनुसार ३ः१५ बजे इन्दोर–पटना एक्सप्रेस रेल दुर्घटनामा परेको हो । 
 
दुर्घटना हुँदा रेलका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए । 
 
युपी सरकारले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने रेलमा थुप्रै मानिस फसेको बताइएको छ । उद्धार जारी रहेको छ । थुप्रै मानिस घाइते भएका छन् । 
 
रेल मन्त्री सुरेश प्रभुले घटना दुःखद भएको भन्दै उद्धार जारी रहेको बताएका छन् । 
 
उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढी भएको हुन सक्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ