arrow

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
dilli-raj-bhatta-gandaki.jpg

पोखरा । गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

गत फागुन २८ गते नियुक्त भएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आइतबार पदभार सम्हालेका हुन् । सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, “संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।”

उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ