arrow

लायन्स गभर्नर बनिन् मीलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
milan-thapa.jpg

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको गभर्नरमा पोखराकी मीलन थापा निर्वाचित भएकी छन् ।

शनिबार पोखरामा भएको डिष्ट्रिक्ट कन्भेन्सनबाट थापा गभर्नरमा निर्वाचित भएकी हुन् ।

गभर्नर थापा लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्वअध्यक्ष हुन् । सन् २०१० बाट लायन्समा सक्रिय उनी उद्यमी पनि हुन् ।

गभर्नर थापाले आफ्नो कार्यकालमा महिला उद्यमशीलता तथा युवालाई लक्षित गरी लागूऔषध न्यूनीकरणमा सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

डिष्ट्रिक्टको प्रथम भाइस गभर्नरमा काठमाडौंका मिलनबाबु मल्ल निर्वाचित भए । मल्ल लायन्स क्लब अफ काठमाडौं वनस्थलीका पूर्वअध्यक्ष हुन् ।

यस्तै, द्वितीय भाइस गभर्नरमा पोखराका प्रजापति बास्तोला निर्वाचित भए । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्वअध्यक्ष हुन् ।

गभर्नर थापाले क्याविनेट सेक्रेटरीमा कृष्णबहादुर अधिकारीलाई मनोनित गरेकी छन् । अधिकारी पोखरा चौतारीका पूर्वअध्यक्ष हुन् ।

यस्तै,क्याविनेट ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाई गभर्नर थापाले मनोनित गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ