- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आगामी १५ बैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभातर्फ २० वटा र प्रदेश सभातर्फ १९ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभातर्फ २० वटा र प्रदेश सभातर्फ १९ वटा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।
रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ । जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो ।
आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदैछ ।