arrow

अब घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाइँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
dolprasad-aryal-new.jpg

काठमाडौँ । सरकारले महिना दिनभित्रमा घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् । 

आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी तयारी शुरु भएको उनले बताए । उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिन सक्ने अवस्था बनाउने दाबी गरे । 

उनले भने, ‘निर्देशन दिनुभन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । सकिन्छ भनेर नै निर्देशन दिइएको हो । १५ दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टाचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौं बस्दा खेरी ५ दिन काठमाडौं बस्नुभयो भने ५० हजार लाग्छ म २० हजार दिए बनाइदिन्छु भन्ने । बीचमा दलालहरूले खेलेको भन्ने कुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो । त्यसमा अध्ययन गरिरहेका छाँै । अर्को श्रमिक काठमाडौं बाहिरबाट आएर धेरै दिन काठमाडौं बसेर विदेश जानुपर्दा उहाँहरुलाई झनै दुःख हुन्छ । समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ । हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो । आउने शुक्रवारबाट हामी एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रियामा जान सक्छौँ । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिन सक्ने बनाउँछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ