arrow

आईएमई पेको  हवाई रिफन्डेबल टिकट प्रयोगकर्ताको  संख्यामा उत्साहजनक वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
ime-pay-Logo-groups.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको कूल संख्या हजारौँ पुगेको आईएमईले जनाएको छ । 

सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा ईमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आईएमई पेले उपलब्ध गराएको  यो सेवामा ग्राहकको संख्या बढेको हो ।

आईएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताएका छन् । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आईएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ