arrow

राप्रपा नेपालको पदाधिकारी बैठक : के भयो निर्णय ?

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
raprapa-news-aa.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकरण भएपछि सशक्त राष्ट्रिवादी शक्तिको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
 
पार्टी अध्यक्ष कमल थापाको निवास विशालनगरमा विहान बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

संविधान संशोधनमा राप्रपा र राप्रपा नेपालले हिन्दु राष्ट कायम हुनु पर्ने विषय उठान गर्दै आएका छन् ।
 
बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी समेत भएको छ । शनिबार मात्रै पार्टी अध्यक्ष कमल थापाले पार्टी एकीकरण सिद्धान्त विसर्जनको लागि नभएको बताएका थिए ।
 
पार्टीको अन्तरिम विधान २०७३ अनुसार दुवै तर्फका पदाधिकारी तथा नेताको व्यवस्थापन गर्ने भनि कार्यदलले सहमति गरिसकेको छ । यस्तै, राप्रपासँगको  एकताका लागि सैद्धान्तिक सहमति जुटाउन केन्द्रीय समितिलाई जिम्मा दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ