arrow

काभ्रेमा एक सातामा १८ ठाउँमा आगलागी, सात जना घाइते, ६ घर र ७ गोठ जल्यो [विवरणसहित]

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत ६ मंगलबार
fire-kavre-80-12-05.jpeg

काभ्रेपलाञ्चोक । एक सातामा काभ्रेको १८ ठाउँमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेमा एक हप्ताको बीचमा १८ ठाउँमा आगलागी भएको हो ।

आगलागीमा ६ घर र ७ गोठ जलेको छ भने ७ जना घाइते भएका छन् । घाईते २ जनाको अझै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार २ जनाको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न ठाउँमा लागेको आगलागीमा १ सय १६ जना प्रहरी झण्डै ४४ घण्टा खटिएका छन् । त्यस्तै आगलागीमा १२ लाख ५० हजार रुपैयाँ क्षति भएको छ ।

यस्तो छ आगलागीको विवरण
१, गत फागुन २६ गते पनौती नपा ५ मा रहेको छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी भयो । आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको तथा मानवीय क्षती नभए पनि ५ रोपनी सामुदायिक वनमा क्षति ।

२, फागुन २७ गते बनेपा नपा १० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी, गोठ र नजिकै रहेको तीन कुन्यु परालसमेत जलेको । आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको, परालको कुन्यु तथा गोठ गरी अन्दाजी २ लाख क्षति ।

३, फागुन २८ गते तेमाल गाउँपालिका ७ लेखपाखा सामुदायिक वनमा आगलागी । फागुन २९ गते मात्र आगो नियन्त्रणमा लिएको, मानविय तथा मानववस्तीमा क्षती नभएको तर अन्दाजी ७ रोपनी सामुयदायिक वन क्षती भएको ।

४, फागुन २९ गते चौरीदेउराली गाउँपालिका ५ देउपोखरे सामुदायिक वनमा आगलागी, आलागि नियन्त्रणमा लिएको, मानविय तथा मानववस्तीमा क्षती नभएको अन्दाजी ६ रोपनी सामुयदायिक वन क्षती भएको ।

५, फागुन २९ गते चौरीदेउराली गाउँपालिका ५ बालुवापाखो स्थित बरारे सामुदायिक वनमा आगलागी भएको । आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको, भक्त बहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट भएको, मानविय क्षती नभएको, अन्दाजी ५० हजार क्षति ।

६, फागुन २९ गते पाँचखाल ४ जिरोकिलो हाईवे नजिकै रहेको फोहोर थुपारी राखेको ठाउँमा आगलागी भएको । आगो पूर्णरुपमा नियन्त्रण लिएको उक्त आगलागीबाट मानविय तथा अन्य कुनै क्षती नभएको ।

७, फागुन ३० गते बनेपा १३ भवानीथुम्का स्थित रहेको स्यालय गैरा सामुदायिक वनमा आगोलागि, आगो नियन्त्रणमा लिएको तथा आगलागीबाट मानविय तथा अन्य कुनै क्षती नभएको, तर ७ रोपनी सामुयदायिक वन क्षती भएको ।

८, चैत्र १ गते नमोवुद्ध ८ कार्यालय नाङेखेक÷कुश्मती जंगलमा आगलागी,स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा, आगलागीबाट मानविय तथा अन्य कुनै क्षती नभएको तर अन्दाजी ७ रोपनी सामुदायिक वन क्षति भएको ।

९, चैत्र १ गते भुम्लु गाउँपालिका ८ को जंगलमा आगलागी, स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा पाँचखाल नगरपालिकाको दमकल ले आगो निभाएको । अन्दाजी ६ रोपनी सामुदायिक वन क्षति भएको ।

१०, चैत्र २ गते नमोवुद्ध ५ लासकोट स्थित विद्युत ट्रान्सफरमा अचानक आगलागी, आगलागीबाट गोठे चिउरानि सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा नआएको ।

११, चैत्र ३ गते महाभारत गाउँपालिका ७ आलेबासपुर गुजेपानीका मंगल बहादुर रख्याल मगरले आफ्नै पाखा बारिमा फोहोर जलाउने क्रममा हावाहुरीचली उक्त स्थानमा रहेको काठबाट बनेको जस्ता र खरले छाएको २ वटा गाईगोठमा आगलागी भई गोठ पूर्ण रुपमा क्षती भएको । गोठ सँगै रहेको कुलुङ सामुदायिक वनमा समेत आगलागी भएको । आगलागीबाट १ लाख ७२ हजार रुपैया क्षति ।

१२, चैत्र ४ गते महाभारत गाउँपालिका २ मुलडाँडा बस्ने वर्ष ४१ को सञ्चार घिसिङको ढुङ्गा माटोबाट बनेको जस्ताले छाएको १ तल्ले घरमा अचानक आगलागी । आगलागीबाट घर भित्र रहेको लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाडाकुडा र नगत एक लाख पाँच हजार समेत गरी तीन लाख क्षति । सामान झिक्न जाने क्रममा संचार घिसिङ जलि घाईते भएको र उनको वर्न अस्पताल किर्तिपुरमा उपचार भइरहेको छ ।

१३, चैत्र ४ गते पनौती ३ बडारे स्थित दुर्गा प्रसाद सापकोटाको आफ्नै घर देखि पूर्वपट्टि ३०० मि। टाढा रहेको पाखो वारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जंगलमा आगो सल्किदा निभाउने क्रममा आगोले पोलि घाईंते भई उपचारको लागी स्थानिय स्वास्थ्य चौकी कुशादेवीमा पठाएको ।

१४, चैत्र ४ गते भुम्लु गाउँपालिका १ कात्तिकेवनटोल स्थित सामुदायिक वन क्षेत्र भित्र आगलागी । अन्दाजी ७ रोपनी सामुदायिक वनमा क्षति । साथै उत्तः ठाउँका नारायण प्रसादको काठबाट बनेको जस्ताले छाएको गोठ भित्र रहेको ४० भारि पराल र १५ थान जस्ता, जुल्ले तामाङको जग्गामा लगाएको विभिन्न जातको फलफूलको विरुवा, श्री बहादुर तामाङले आफ्नै बारिमा लगाएको बिभिन्न जातको विरुवा जलेको ।

१५, चैत्र ४ गते खानिखोला गाउँपालिका ७ मोरङवेशी स्थित भक्त बहादुर भोलनको आफ्नै निजि पाखामा आगलागी हुँदा कुमार भोलनको काठबाट बनेको जस्ताले छाएको टहरोमा आगलागी ।

१६, चैत्र ४ गते बेथानचोक गाउँपालिका ४ मा रहेको बेथान खोला सामुदायिक बनमा आगोलागि ।

१७, चैत्र ४ गते बनेपा १४ मगरगाउँ स्थित सामुदायिक वनमा आगलागी । ६ रोपनी सामुदायिक वनमा क्षति ।

१८, चैत्र ४ गते पाँचखाल ३ मा रहेको श्री सर्वमंगला विद्यालयको हाताभित्र रहेको जंगलमा आगलगि । नेपाल प्रहरी, सशस्त्र प्रहरी, पाँचखाल नपाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रण, ५ रोपनी जंगलमा क्षति ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ