arrow

भागबण्डामा चयन

योजना आयोगमा चार सदस्य नियुक्त, सचिवमा पौडेलको बढुवा 

नियुक्त हुनेहरु कुन पार्टीको सिफारिसका ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
planning-commission.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे (ललितपुर) लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको कोटाबाट नियुक्ति लिएका सदस्यहरुले राजीनामा दिएका थिए । अहिले नियुक्त भएकामध्ये सिंह, अधिकारी र महत एमाले कोटाबाट तथा पाण्डे रास्वपा कोटाबाट सदस्यमा नियुक्त भएका हुन् । 

नियुक्त भएकामध्ये सिंह शहरी योजनाविद् हुन् । अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख हुन् । कुशेन्द्र महत अघिल्लोपटक एमाले माओवादी गठबन्धन सरकार बनेको बेलामा समेत सदस्य नियुक्त भएका थिए । पाण्डे भने रास्वपाका नेता समेत हुन् ।
 

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२  हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । 

बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ