arrow

मध्य चिसोमा पनि भूकम्प पीडितले नपाउने भए अनुदान, यस्तो छ नयाँ भाका

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
punanirman-pradhikaran.jpeg

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाविस र नगरपालिकाहरुमा पुनःनिर्माणका लागि पुनःनिर्माण सामुदायिक समिति गठन गरिनु पर्ने निर्णय गरेको छ ।

निर्देशक समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माण सामुदायिक समिति गठनका लागि सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायत सामाजिक संघ, संस्थाहरुलाई आब्हान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा पुनःनिर्माण प्राधिकरण निर्देशक समिति अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकल भूकम्प प्रभावित क्षेत्रका जोखिमयूक्त बस्ती स्थानान्तरणका लागि जोखिम युक्त बस्तीको भौगर्भिक अध्ययन र पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

यस्तै, आइतबारको निर्देशक समितिको बैठकले पुरातात्विक महत्वका क्षेत्रहरु पुनःनिर्माणका लागि बृहत्तर गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने निधो गरेको छ ।

बैठकले भौतिक पूर्वाधार सम्बन्धि प्राधिकरणको स्वीकृत मापदण्ड बमोजिम गोरखाको लाप्राकमा रहेको लाप्राक एकीकृत नमुना बस्तीको जग्गा प्राप्ति र पुनःनिर्माण सम्बन्धि थप अनुदान दिनसक्ने गरी निर्णय पनि गरेको छ ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले सवै गाविसहरुमा एक सय जनाका दरले पुनःनिर्माण स्वयंसेवक परिचालन गर्ने, काठमाडौं उपत्यकामा मंसिर १५ गते भित्र पहिलो किस्ताको अनुदान सम्झौता गर्ने, भूकम्प प्रभावित सबै जिल्लाहरुमा माघ १५ गतेसम्म पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने, फागुन मसान्तभित्र ५० हजार निर्माणकर्मी उत्पादन गर्ने लगायतको कार्ययोजना बैठकमा पेश गरे । प्राधिकरणको अनुदान वितरणको नयाँ भाकाले यसपटक पनि पीडितले मध्य चिसोमा कष्ट सहनु पर्ने छाँट देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ