arrow

मदिरा घोटालामा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
kejariwal_photo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई उनकै निवासबाट पक्राउ गरिएको हो । 

प्रवर्तन निर्देशालय (ईडी) ले दिल्ली मदिरा नीति घटनामा जोडिएसँगै बिहीबार राति स्थानीय समयअनुसार राति ९ बजे केजरीवाल पक्राउ परेका हुन् । 

उनलाई बेलुकी ७ बजे उनकै घरमा निरन्तर पुछताछ गरेपछि जाँच एजेन्सीले दुई घण्टापछि कारबाही गर्दै पक्राउ गरेको हो । 

यता केजरीवालको कानूनी समूहले सर्वोच्च अदालतमा अपील गरेको छ । 

उनलाई बिहीबार दिउँसो २ः३० बजे गिरफ्तारीबाट राहत दिन दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो । त्यसपछि ईडीलाई नियन्त्रणमा लिन सजिलो भएको हो । 

भारतमा लाेकसभाकाे निर्वाचन शुरु हुन चार साता बाँकी रहँदा मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ