arrow

भिरबाट लडेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
Kaski-hamrakura.jpg.jpeg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ जिमिरेस्थित भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा गोरखाको सहिदलखन गाउँपालिका वडा नं. २ का ५० वर्षीय यामबहादुर थापा रहेका छन् ।

कास्कीको करुवा सेती हाइड्रोपावरमा कार्यरत थापा बुधबार भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

थापाको शव भिरमै अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको विपद् उद्धार टोलीले निकालेको हो ।

उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ