arrow

लेकसाइडले जित्यो फुटबल उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
lakeside-win.jpg

पोखरा । पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ ।

पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको प्रतियोगिताको सम्पन्न फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै लेकसाइड पहेंलो च्याम्पियन बन्न सफल भयो ।

उपाधि विजेता लेकसाइडले ट्रफीसहित रु एक लाख एक हजार एक सय ११ नगद पायो भने उपविजेता गार्डेनले रु ५१ हजार एक सय ११ मा चित्त बुझायो ।

खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो । पेनाल्टी सुटआउटमा लेकसाइडका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार विफल बनाएपछि लेकसाइडले उपाधि चुम्न सफल भयो ।

बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुँदै नगद रु पाँच हजार पुरस्कारसमेत पाए। प्रतियोगितामा लेकसाइडका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै रु १० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रूपमा एनए भेट्रानका कन्या गुरुङले रु पाँच हजार पाए । अनुशासित टिम लेकसाइड सेतोले रु १० हजार पुरस्कार पायो । उत्कृष्ट प्रशिक्षकका रूपमा लेकसाइडका राम भुजेल घोषित भए ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ