arrow

तनहुँमा बस दुर्घटना, छ चिनियाँ नागरिक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
accident-tanahun.jpg

पोखरा । पोखराबाट काठमाडाै‌ँ जाँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

आज बिहान करिब ६ बजेतिर बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुनेमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन् ।

उनीहरूको शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

बसमा २६ यात्रु सवार रहेको बताइएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ