arrow

गोली चल्दा कम्तीमा ६० जनाको मृत्यु, सय बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
america-shoot.JPG

काठमाडौँ । मस्कोको उत्तर पश्चिममा रहेको क्रोकस सिटी हल कन्सर्ट स्थलमा शुक्रबार भएको गोली काण्डमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । 

साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

रुसी सङ्घीय सुरक्षा सेवाले यसबारेमा जानकारी गराइएको हो । घटनास्थलमा उद्धारका लागि प्रहरी,सवारीसाधन, दमकल र एम्बुलेन्सहरू पुगेका छन् । 

भवनको आगो अझै नियन्त्रणमा नआएको बताइएको छ । 

रुसी संस्कृति मन्त्रालयले आजका लागि सङ्घीय सांस्कृतिक संस्थाहरूमा हुने सबै सामूहिक र मनोरञ्जन कार्यक्रमहरू रुद्ध गर्ने घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ