arrow

रविलाई पदमा बस्ने छुट छैन- शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
shekhar-koirala-2080-11-06.jpg

काठमाडौँ । सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदमा बस्ने छुट नभएको नेता शेखर कोइरालाले बताएका छन् ।

काठमाडौँमा पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाटमा बोल्दै कोइरालाले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट रविलाई नभएको बताएका हुन् ।

उनले तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए । 

सत्ता गठबन्धनले ठूलो बदमासी गरिरहँदा काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहन नमिल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ