arrow

‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना पाएर पनि मस्को निरीह, मृतक कम्तीमा ९३ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
russia-attack-24-03-22-AFP.jpg

मस्को । मार्च महिनाको शुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो ।

इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ,  “संयुक्त राज्य अमेरिकाले मार्चको शुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ‘ठूला सभाहरू’ लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने सूचना दिएको थियो ।” 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताएका छन् । 

सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।

मर्नेको संख्या बढ्यो 
उत्तर पश्चिममा रहेको क्रोकस सिटी हल कन्सर्ट स्थलमा शुक्रबार भएको गोली काण्डमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । अहिलेसम्म कम्तीमा ९३ जनाको मृत्यु भइसकेको छ । 

साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

रुसी सङ्घीय सुरक्षा सेवाले यसबारेमा जानकारी गराइएको हो । घटनास्थलमा उद्धारका लागि प्रहरी,सवारीसाधन, दमकल र एम्बुलेन्सहरू पुगेका छन् । 

भवनको आगो अझै नियन्त्रणमा नआएको बताइएको छ । 

रुसी संस्कृति मन्त्रालयले आजका लागि सङ्घीय सांस्कृतिक संस्थाहरूमा हुने सबै सामूहिक र मनोरञ्जन कार्यक्रमहरू रुद्ध गर्ने घोषणा गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ