arrow

एउटै घरबाट २२ तोला सुन र ५० हजार नगद चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
Kaski-hamrakura.jpg.jpeg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ काँडेस्थित एक घरबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ ।

वराहथानकी पुष्पा गुरुङको घरबाट २२ तोला सुनका गरगहना, ५० हजार नगदसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार घरभित्रको तीन वटा दराज र एउटा बाकस फोडेरसमेत लुटपाट भएको छ ।

यसैगरी घरमा रहेका क्यामेरा, टेलिभिजन सेट, नयाँ लत्ताकपडासमेत चोरी भएको प्रहरीको भनाइ छ । पुष्पाको परिवार नयाँ घरमा सरेका थिए र चोरी भएका सामग्री पूरानै घरमा थियो ।

शुक्रबार राति पानी परेको तथा नयाँ घरमा बसाइँ सरेको मौका छोपी चोरले पुरानो घर फोडेको प्रहरीको अनुमान छ ।

पीडित पुष्पाले भदौरेतामागी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएकी छन् । प्रहरीले चोरी सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ