arrow

पार्टीका भातृ एवं शुभेच्छुक संगठन बलियो र क्रियाशील हुन आवश्यक : उपसभापति खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
purna-bdr-khadka.jpg

पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका भातृ एवं शुभेच्छुक संगठन बलियो र क्रियाशील हुन जरुरी रहेको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोका दिएको आरोप लगाए ।

उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको उल्लेख गर्दै यसको जवाफ मतदाताले समय आउँदा दिने र राजनीतिक नेतृत्वले पनि आवश्यक परेका बेला दिने जिकिर गरे ।

उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश सांसद बिमला गौचन र सरस्वती गुरुङ, बाग्लुंग कांग्रेसका सभापति जीत शेरचन, तनहुँ कांग्रेसका सभापति जीतप्रकाश आले, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, तमु संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनसिंह गुरुङ, आदिवासी जनजाति महासंघका कास्की अध्यक्ष आशबहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य जगत बराम र अधिवेशन संयोजक रेनुका काउछा लगायतले बालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ