arrow

मैत्रीपूर्ण फुटबलमा ब्रजिल र जर्मनीको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
football-int-23-03-23.jpg

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्रजिल र जर्मनीले जित हासिल गरेका छन् । शनिबार राति सम्पन्न खेलमा ब्रजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो ।

ब्रजिलले इङल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । ब्रजिलले युवा खेलाडी एन्ड्रिकको गोलमा जित हासिल गरेको हो ।

१७ वर्षीय एन्ड्रिकले खेलको ८० औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एन्ड्रिकले ब्रजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए ।

उनलाई ब्रजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ । व्यावसायिक रुपमा उनले स्पेनिश क्लब रियाल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियाल म्याड्रिडमा आवद्ध हुने छन् ।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्रजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ ।

त्यसैगरी शनिबार राति सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २(० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए ।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ ।

शनिबार रातिका अन्य खेलमा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेलेका छन् । क्रोएसियाले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ