arrow

तीन बालबालिका सुनकोशीमा होली खेलेर नुहाउने क्रममा बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
udayapur.png
तस्बिर – फाइल ।

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आइतबार दिउँसो बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु दिउँसो होली खेलेर  सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना निक्लन सफल भएका थिए ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको  खोजी जारी राखेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ