arrow

८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
kimanthang.jpg

सङ्खुवासभा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१-८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । 

सङ्खुवासभाको भोटखोला  पुगे उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे। 

कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन समेत गरे । 

राष्ट्रिय गौरवको किमाथाङ्का-खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । 

भौगोलिक हिसाबले किमाथाङ्का-खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो । खाँदबारी-किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५-६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो । 

भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । 

सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ