arrow

खाेलामा डुबेर एक युवककाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
Myagdi_District.png

म्याग्दी । म्याग्दीमा पौडी खेल्नेक्रममा खाेलामा डुबेर एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा रघुगंगा गाउँपालिका वडा नं. १ बेगका १८ बर्षीय दिपक पुर्जा रहेका छन् ।

पुर्जा र उनका चार जना साथीहरु चिमखोलामा जारी भूमेपूजा मेलामा सहभागी हुन चिमखोला पुगेको बताइएको छ ।

सोमबार रघुगंगा-७ चिमखोलास्थित बगरखोलाको कुकुर भुक्नेमा पुर्जा डुबेका थिए ।

उनीसँगै पौडी खेल्न गएका अन्य चार जनाले उनको उद्धार गरी उपचारका लागि बेनी जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए ।

मृतक पुर्जाको शव बेनी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ