- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन् ।
समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका-१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गरिन् ।
उनले भनिन्, “देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ । ”
सरकारका प्रवक्तासमेत रहेका शर्माले वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने जानकारी दिइन् ।
उनले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्नेमा जोड दिइन्।
उनले भनिन्,“समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचोे छ ।”
भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उनले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई माओवादी पार्टीले प्राथमिकतामा राखेकाले बताइन्।