arrow

तातो उपनिर्वाचनको

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

गठबन्धनमा किचलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बुधवार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो। योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ।

अहिलेसम्म  एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

गठबन्धनमा किचलो
योसँगै इलामको उपनिर्वाचनमा किचलो भएको छ । गत फागुन २१ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले नयाँ गठबन्धन गर्दै एमालेलाई जोडेको अवस्थामा यसअघि एमालेले नै जितेको क्षेत्रमा माओवादीले पनि उम्मेदवार उठाउने भएपछि किचलो बढेको हो । 

उपनिर्वाचनका लागि एमालेले हतारमा इलाम क्षेत्र–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बनाएपछि सत्तारुढ दलभित्र किचलो शुरु भएको छ ।

हुनत सुहाङ सबैभन्दा उत्तम पात्र हुन् । किनकि बाबु मरेपछि पहिलो प्राथमिकता उनको परिवारले पाउने चलन नेपाली राजनीतिमा पचासको दशकदेखि नै विकसित भएको हो । 

तर अहिले संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि उनका छोराको दाबी पर्दा खिचलो निकालिएको हो ।

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षबाट हात झिकेपछि एमालेले उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई निःशर्त सहयोग गर्नुपर्ने धारणा राख्दा किचलो शुरु भएको हो । 

सत्ताघटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको कुराकानीमा पनि एमालेले हतार गरेर उम्मेदवार चयन गरेको जनाउँदै साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिइएको थियो ।

माधव नेपालले त उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएपछि केही बेर सन्नाटा पनि छाएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान राखेका थिए । 

बालुवाटारमा तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गर्दा इलाममा एमाले एक्लै अगाडि बढ्न खोजेको माधव नेपालको गुनासो थियो । 

तर पछिल्लो समयमा आएर माओवादीले पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि भने गठबन्धनको जग हल्लिएको अनुमान गरिएको छ । 

गठबन्धनमा जोडिएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत पनि आफ्नो छुट्टै उम्मेदवार उठाउने भएपछि उपनिर्वाचन अझै रोचक हुने भएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको तय गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ