arrow

भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान : मन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
balram-adhikari-minister.jpg

नवलपरासी । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुने बताएका छन् । 

उनले भने, “लामो समयदेखि अल्झिएको भूमिहीन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुई वर्षभित्र समाधान गर्ने छ ।”

पश्चिम नवलपरासीमा डुबान तथा सीमा क्षेत्रको अवलोकनमा आएका भूमि व्यवस्था मन्त्री अधिकारीले चैत महिनाभित्र आयोग बनाएर वैशाखभित्र कामको थालनी गरिने बताए । 

उनले भने, “सुकुम्बासीको नाममा जग्गा प्राप्ति गर्ने, जग्गा प्राप्त गरेपछि बिक्री गर्ने विकृतिलाई अन्त्य गर्नु जरुरी छ ।” 

जग्गा प्राप्तिपछि लामो समयसम्म बेच्न नपाइने सरकारले नीति, नियम ल्याउन लागेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ