arrow

भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुरको मुटुमा समस्या, अस्पताल भर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका नेकपा (एमाले)का पूर्व सचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएको छ । 

रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेका छन् । 

उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि बुधबार भर्ना गरिएको हो । 

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ