arrow

इलाम–२ उपनिर्वाचनः राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
laxmi-gurung-rpp-ilam.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । 

राप्रपाले इलाम–२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

अहिलेसम्म सबै दलले छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ