arrow

डब्लूएचओले थाल्यो कोभिड निगरानी गर्न कोभिनेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
covid who.jpg
तस्बिर – फाइल ।

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट शुरु गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्ल्यूएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोना भाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ । 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ । 

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्याङ्कन सुनिश्चित गर्ने डब्ल्यूएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताए । 



नयाँ