arrow

सनातन हिन्दूराष्ट्र्र्र मुलुकको एजेण्डा बन्नु पर्ने निचोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
congress-hindu-80-12-16.jpg

काठमाडौँ । सनातन हिन्दूराष्ट्र्र घोषणा महाअभियानको विशेष बैठकले सनातन हिन्दूराष्ट्र्र्र मुलुकको एजेण्डा बन्नु पर्ने निचोड निकालेको छ । 

शुक्रबार धुम्बहाराहीस्थित स्मार्ट मलमा आयोजित छलफलले मुलुकको समृद्धिका लागि हिन्दू राष्ट्र्र्र महाअभियान मुलुककै एजेन्डा बन्नु पर्ने निचोड निकालेको हो ।

छलफलमा सहभागी नेपाली कांग्रेसका अधिकांश नेताहरुले सनातन हिन्दूराष्ट्र्र्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानुपर्ने बताए । 

अभियानका संयोजक कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले कांग्रेसको महासमिति बैठकबाट बहसको विषय बनेको बताए । 'प्रधानमन्त्री प्रचण्डले समेत सदनमा यो विषयलाई गम्भीर रुपमा लिनुभएको छ', भण्डारीले भने,'महासमिति बैठकमा लगेको प्रस्तावलाई स्वीकार गरिसकेको अवस्था छ ।'

अरु दलका नेताहरुले समेत कांग्रेसले नेतृत्व लिइदियोस् भन्ने चाहना व्यक्त गरेको उनको भनाइ छ । कांग्रेस पार्टीले यो विषयलाई मूल मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षत्रबाट सुझाव आएको भन्दै भण्डारीले एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने बताए । 

छलफलमा पूर्व मन्त्री, पूर्व उपसभामुख एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले सनातन हिन्दूराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने बताइन् ।

उनले राष्ट्रसँग जोडिएको विषय भएकाले लोकतन्त्रको मूल्य मान्यता बोकेको कांग्रेसले यो मुद्दाको नेतृत्व लिनु पर्ने बताएकी हुन् । ‘सनातन हिन्दूराष्ट्रसँग नेपाल राष्ट्र र नेपाली जनतासँग जोडिएकाले पार्टीभित्र खुल्ला बहस शुरु भएको हो’,भुषालले भनिन्,‘केन्द्रीय समितिका ४० प्रतिशतले यो एजेन्डालाई स्वीकार गरिसकेका छन् ।’

उनले अभियानलाई सात वटै प्रदेशमा संस्थागत गर्दै वैचारिक ढंगले अघि बढाउनु पर्ने अभियन्ताहरुलाई सुझाव दिइन् ।

त्यस्तै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देवेन्द्र कँडेलले कांग्रेसको केन्द्रीय कार्य समितिमा कडा रुपमा प्रस्तुत हुनुपर्ने भन्दै यो अभियान अन्तर्रास्ट्रिय रुपमा उठ्नु पर्ने बताए । 

छलफलमा पूर्व मन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य उमा रेग्मीले वैदिक सनातन हिन्दूराज्य बनाउन ढिला गर्नु नहुने भन्दै हिजो भएको कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताइन्।

योअभियानलाई आम नागरिकमाझ लैजानुपर्ने उनको तर्क छ । संविधान सभा सदस्य मोक्तार अहमद्ले गणतन्त्रमा छाडापन बढेको जिकीर गर्दै हिन्दूराष्ट्र्र्रले कसैको कुभलो नगर्ने बताए । हिन्दूराज्यले सबै धर्मको अस्तित्व जोगिने विश्वास व्यक्त गरे ।

कांग्रेसका युवा नेता लोकेश ढकालले मुलुकलाई हिन्दूराज्य घोषणा गर्न ढिला गर्नु नहुने बताए । सनातन हिन्दूराष्ट्र्र घोषणा महाअभियानको बिशेष बैठकमा बोल्दै नेता ढकालले देश र जनताको हितकालागि हिन्दूराज्य अनिवार्य भएको बताए । 

नेपाल तरुण दलका पूर्व महामन्त्री पुष्प पराजुलीले सनातन हिन्दूराज्य मुलुकको समृद्धिसंग जोडिएकाले यसैको माध्यामबाट नेपाललाई संसारका सनातन धर्महरुको केन्द्र बनाउन सकिने बताए । 

छलफलमा दर्जनबढी सांसदहरु सहभागी थिए । स्मार्ट मल सुकेधारामा भएको छलफलमा अभियानका पक्षमा हस्ताक्षर गर्ने अधिकांश केन्द्रीय सदस्यहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ