arrow

रञ्जिताले दिइन् सुदूरपश्चिम सरकार छोड्न संसदीय दलका नेतालाई लिखित निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
resham-ranjita-unmukti-part.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपा की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् ।

टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनीसमेत दिएकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।

रञ्जिताका पति एवं नाउपाका संस्थापक रेशम चौधरी जापान गएको मौकामा उनले सुदूरपश्चिममा नाउपाका संसदीय दलका नेतालाई सरकार छाड्न निर्देशन दिएकी हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ