arrow

थिम्पुलाई हराउँदै सांग्रिला आठौँ विराट गोल्डकपको  सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
birat-goldcup-80-12-17.jpg

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
 
विराटनगरको शहीद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वार्टरफाइनल खेलमा आरटीएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिला अन्तिम चारको स्थान सुरक्षित गर्न सफल भएको हो ।
 
जितसँगै सांग्रिलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने विजेता टिमसँग खेल्नेछ । 

जितको लागि सांग्रिलाको तर्फबाट आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटीएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेलको प्लेयर अफ द म्याच सांग्रिलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाडाैँ र सिक्किम ड्रेगान भारतबीच हुनेछ । 

 



लोकप्रिय समाचार
नयाँ