arrow

चट्याङले लियो बालिकाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
lighiting-chatank.jpg

दैलेख । भैरवी गाउँपालिका-७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ । 

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए । 

चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।



लोकप्रिय समाचार
नयाँ