arrow

मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
special-court.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसूरमा मेडिकल व्यवसायी विशाल पण्डितसहित संलग्न कर्मचारीविरद्ध मुद्दा दर्ता भएको छ । 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । 

पण्डितविरुद्ध तीन करोड रुपैयाँ बिगो मागदाबी गराइएको छ । कोभिडको बेलामा ‍पनि मेडिकल सामग्री खरिदका क्रममा उनी विवादमा आएका थिए । उनी बसेरा होटलका मालिकसमेत हुन् । 

 



लोकप्रिय समाचार
नयाँ