arrow

संबिधान कार्यान्वयनका लागि एमालेलाई साथमा लिनु पर्छः शेखर कोईराला

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
shekhar-koirala.jpeg
दाङ। नेपाली कङग्रेसका केन्दिय सदस्य एवं सांसद डक्टर शेखर कोईरालाले संबिधान निमार्ण गर्दा मधेसीलाई उपेक्षा गर्दा यो मुलक संकटमा फस्न पुगेको बताएका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले आज मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,अब संविधान कार्यान्वयनका लागी एमालेलाई उपेक्षा गरे ठुलो घात हुने बताए। उनले मधेसीका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए।
 
उनले त्यसपछि संबिधान कार्यान्वयनमा एमालेलाई साथमा लिनु पर्ने बताए। उनले आम नागरिकले आफुलाई सोध्ने गरेको हिन्दु धर्मको बिषयमा सनातन धर्मको संरक्षण र गौ हत्यामा पूर्ण रुपमा रोक लगाउनुपर्ने बताए। कार्यक्रममा संवोधन गर्दै कोईरालाले अंगिकृत नागरिकता प्राप्त व्यक्तिले राज्यका संवेदनशिल पद धारण गर्न नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिए। अर्को प्रसंङमा नेता डाक्टर कोईरालाले भने, राजनीतिक संक्रमणको पूर्बराजा ज्ञानेन्द्रले फाईदा लिने दाउमा रहेको बताए। डाक्टर कोईरालाले भने,धर्मका नाउमा हुने राजनीतिक संक्रमणमा फाईदा लिन पूर्ब राजा ज्ञानेन्द्र उद्धत रहेका छन्। बिभिन्न पार्टीका केही नेताहरुको अर्कमण्यताका कारण अहिलेको अस्तब्यस्तलाई हेर्दै, पूर्बराजा ज्ञानेन्द्र मुस्कुराई रहेको हुने सक्ने बताए। यूनियनका जिल्ला अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा डाक्टर कोईरालाले अबको १५ महिना भित्र अर्थात २०७४ माघ ७ गते भीत्र ३ वटै तहको निर्बाचन भई सक्नु पर्ने बताए। उनले ३ वटै भए अत्यन्त राम्रो हुन सकेन भने पनि एउटा मात्र गर्न सकियो भने संबिधान कार्यान्वयन गर्नुपर्ने बताए। 
 
पूर्नसंरचना तत्कालै हुन सक्ने संकेत नदेखिएको यो अबस्थामा उनले हालका साबीक गाबिसलाई गाँउपालीकामा रुपान्तरण गरि १८ बर्ष देखि जनप्रतिनीधिबिहीन स्थानिय निकायलाई पुरा गर्न सकिने बताए। तर यो एक पटकका लागि मात्र हुने बताए। यदी स्थानिय तहको निर्बाचन हुन सकेन भने संबिधान कार्यान्वनयनको लागि अर्को तरीका १ सय ६५ जनाको प्रतिनीधि सभाको निर्बाचन क्षेत्रीय निर्बाचन आयोग बनाएर पनि गर्न सकने बिकल्प उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ