arrow

एनआरटीलाई हराउँदै सिक्किम विराट गोल्डकपको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
nrt-sikkhim-birat-goalcup.jpg

मोरङ। भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

 सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए । यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए । 

मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पु¥याएका थिए ।
 
निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पु¥याएका थिए । उनी आइतबारको खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । तामाङले रु ११ हजार पुरस्कार प्राप्त गरे । 

सोमबार चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ