arrow

राजनीतिक झटारो

प्रचण्डको उथुलपुथुलबीच नेकपा एसले एकाएक बढायो बार्गेनिङ शक्ति

एसले बागमती र सुदूरपश्चिममा मुख्यमन्त्री पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उथुलपुथलको राजनीतिले शुरुआती चरणमा अताल्लिएको नेकपा एकीकृत समाजवादीले पछिल्लो समय भने बार्गेनिङ शक्ति बढाएको छ । 

आफूसँग छलफल नै नगरी सत्ता गठबन्धन परिवर्तन गरेको भन्दै शुरुआती चरणमा रिसाएका एसका अध्यक्ष माधवकुमार नेपालले त्यसपछि भने बार्गेनिङ शक्ति बढाउँदै अवसर पाउँदै गएका छन् । 

सोही क्रममा उनले आफ्नो पार्टीलाई बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति गर्न सफल भएका छन् । 

नयाँ सत्ता समीकरण दलका शीर्ष नेताहरुबीच एकीकृत समाजवादीलाई सुदूरपश्चिममा तत्काल र बागमतीमा पालैपालो मुख्यमन्त्री दिने सहमति भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिदै गर्दा ११० सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत लिन ५६ मत आवश्यक पर्दछ । 

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् । 

त्यसैगरी ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादीकेन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र २ सांसद छन् ।

सुदूरपश्चिममा नाउपामा सरकारलाई समर्थन गर्ने विषयमा विवाद रहेको छ । त्यसैले सरकार परिवर्तन गर्न सजिलो भने देखिएको छैन । सरकार परिवर्तन हुँदा सुदूरपश्चिमको नेतृत्व पनि एसले पाउने सहमति भएको हो । 

माधव नेपालले आफू एक पटक प्रधानमन्त्री हुने धोको राखेसँगै त्यसलाईसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले हरियो झण्डा देखाएपछि माधव हौसिएका छन् । उनले हरेक पटक माओवादीसँग बार्गेनिङ गरिरहेका छन् । 

बार्गेनिङकै कारण एसले राष्ट्रिय सभा उपाध्यक्ष पाउने दाबीसमेत गरिएको छ । प्रचण्डले कतिबेला फेरि उथुलपुथुल पार्छन् भन्ने यकिन छैन भन्दै एसले अवसरको सदुपयोग गर्दै जाने रणनीति बुनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ