arrow

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
Gandaki pradesh sabha bhawan.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।

एक कार्यक्रमबीच पोखरामा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले आधारपत्र सार्वजनिक गरेका हुन् । 

दोस्रो पञ्चवर्षीय योजनाका लागि उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उनले जानकारी दिए ।

लक्ष्य प्राप्तिका लागि तीनवटा प्रादेशिक उद्देश्य, आठवटा समष्टिगत रणनीति र १४ वटा प्राथमिक क्षेत्र पहिचान गरिएको छ ।

लक्ष्य प्राप्तिका उद्देश्यमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय वृद्धि गर्नु, मानव पूँजी निर्माण गर्नु रहेका छन् । 

त्यसैगरी विकासका लाभको समन्यायिक वितरण, सामाजिक न्याय स्थापित गर्नु, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिवृद्धि गर्नु पनि लक्ष्य प्राप्तिका उद्देश्य रहेको उनले बताए ।

योजनाले प्रदेश सरकारको लगानीमा सञ्चालन हुने प्रदेश समुन्नतिका रुपान्तरणकारी कार्यक्रम तथा आयोजना पहिचान गरेको छ । 

यस्तै, प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम, प्रदेश-सङ्घ साझेदारी कार्यक्रम, वैदेशिक सहयोगमा सञ्चालन हुने कार्यक्रम, सार्वजनिक-निजी साझेदारी कार्यक्रम, निजी क्षेत्रको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना पहिचान गरेको उपाध्यक्ष देवकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ