arrow

सिद्धान्त च्यूत भएपछि स्वार्थ हाबी, नेपालको राजनीतिमा अस्थिरताको बिजारोपण - राजकिशोरद यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
rajkishor-10-25.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसकेको बताएका छन् । उनले विचार, सिद्धान्त वा मान्यता भन्दा स्वार्थ हाबी हुँदा नेपालमा गठबन्धन बन्ने र भत्किने स्थिति बनिरहेको बताए ।

उनले विचार, सिद्धान्त च्युत भएपछि स्वार्थ हाबी हुने बताए । उनले पछिल्लो चरणमा नेपालको राष्ट्रिय राजनीति सकारात्मक दिशाबाट अघि नबढेको जिकिर गरे । उनले केन्द्रमा गबठन्धन फेरिँदाको असर प्रदेश तहमा पनि देखिरहेको भन्दै यसले राम्रो सन्देश नदिएको बताए । उनले अहिलेको परिवर्तन एक प्रकारको राजनीतिक भागबण्डाको लडाईं मात्रै भएको बताए ।

उनले भने, ‘नेपालमा जसरी गठबन्धन बन्ने र भत्किने स्थिति छ । त्यो विचार, सिद्धान्त वा मान्यताले भन्दा पनि एक प्रकारको स्वार्थको कारणले गठबन्धन बन्ने र भत्किने गरेको छ । र यो दुर्भाग्यपूर्ण पनि हो । त्यसैले जहाँ विचार, सिद्धान्त च्युत हुन्छ, स्वार्थ हाबी हुन्छ । त्यहाँ विवादहरु स्वार्थको बाझाबाझले विभिन्न समस्याहरु सृजना हुन्छ । पछिल्लो चरणमा नेपालको राष्ट्रिय राजनीति जसरी अगाडि बढ्दैछ । त्यसले राम्रो संकेत दिएको छैन । अब जसरी अकस्मात गठबन्धन एउटा भत्किएर अर्को बन्यो । र त्यो गठबन्धन बन्दैगर्दा त्यो गठबन्धन केका लागि, कहाँसम्म जाने, यो गठबन्धनले नेपालको राष्ट्रिय राजनीतिलाई कसरी निकास दिने ? भन्ने तमाम विषयमा अलिकति गहन गरेर छलफल गरेर अघि बढेको भए एउटा विषय हुन्थ्यो । अब त्यतिबेला केन्द्रमा गठबन्धन बनायो । तर हाम्रो त अहिले संघीय संरचनामा गएको स्थिति छ । अब प्रदेशहरुमा आआफ्नै अडान छ, आ आफ्नै बुझाई छ । त्यहाँ समस्या देखा पर्दैछ । अब दृष्टिकोणमा, कार्यक्रममा त्यहाँ समस्याहरु देखापरेको छ । त्यसैले यो भनेको एक प्रकारको राजनीतिक भागबण्डाको लडाई हो । विना उद्देश्य यो गठबन्धन बन्यो । अब उसलाई त मेरो बिना काम चल्दैन भन्ने भयो । प्रदेशमा पनि उ बिना काम नचलेको स्थिति, केन्द्रमा पनि त्यही भएपछि उसले आफ्नो भाग खोजेको छ । मेरो बिना काम चल्दैन भने म किन पछि बस्ने ? त्यसले उसको महत्वकांक्षा देखापरेको छ । अस्थिरताको त बिजारोपण भइसकेको छ । यसले नेपालको राष्ट्रिय राजनीतिलाई राम्रो दिशामा लैजान्छ भन्ने मलाई लाग्दैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ