arrow

अब कुनै पार्टीको अनुशासनले कसैलाई छेक्नेवाला छैन - विप्लव

व्यवसायीदेखि लिएर गाउँसम्मको सामान्य किसान पनि नयाँ चिजको प्रतीक्षा र खोजीमा छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
Biplav-Netra-chand.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दलहरूको अनुशासन लागू गर्ने समय नभएको बताएका छन् । विप्लवले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । उनले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए । महासचिव चन्दले एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताए । उनले एकताबद्ध भएर देशलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने – ‘कुनै पार्टीको अनुशासनले कसैलाई छेक्नेवाला छैन अब । सबैले बुझ्नुपर्छ । पार्टीको अनुशासन लागु गर्ने समय अब नेपालमा छैन । पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्ने वाला छैन । सब मान्छे तरङ्गित छ अहिले नेपालमा । सहरको बुद्धिजीवीदेखि मध्यमवर्ग, व्यवसायीदेखि लिएर गाउँसम्मको सामान्य किसान पनि नयाँ चिजको प्रतीक्षा र खोजीमा दौडिरहेको छ । हामीले आँट गर्नुपर्छ, एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने मात्रै होइन कि अगाडी बढ्न चाहने सबै जनताको बिचमा मार्क्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभए जस्तै खुल्लम खुल्ला घोषणा गर्न सक्नुपर्छ । दाबी गर्न सक्नुपर्छ । नेपालको अग्रगमन के हो ? रूपान्तरणको आन्दोलन के हो ? नेपाली जनताको मुक्ति कसरी सम्भव छ भन्ने कुरामा कुन विचार, व्यवस्था, कार्यदिशाबाट यो कुरा भन्ने बेला भएको छ । भन्न कुनै डराउनुपर्ने कुराहरू छैन । यो बहस नेपालमा आवश्यक भएको छ । हामी एक्लै सही हौँ भनेर दाबी गर्ने छुट हामीलाई छैन । हामीले तिन करोडलाई अहिले जो क्रान्तिको खोजी भएको छ, हामीले भन्ने बेला भएको छ । हामी यसरी अगाडी बढ्न, यसरी निकास दिन चाहन्छौँ भन्ने कुरा भन्ने बेला भएको छ । हामी तयार भएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ