arrow

पति–पत्नीको किचलोले नाउपा पतनोन्मुख, गण्डकी र बागमती अध्यक्ष पार्टीबाट निष्काशित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
resham-ranjita-unmukti-part.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नारी पुरुषलाई एक रथका दुई पाङ्ग्रा भनिन्छ । पति–पत्नीको मेलले सारा संसार जित्न सकिन्छ भनिन्छ भने बेमेलले संसार ध्वस्त हुन बेर लाग्दैन । अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बेमेलको स्थितिमा रहँदा पतनोन्मुख देखिएको छ । 

पछिल्ला केही साताका गतिविधिहरुलाई हेर्ने हो भने नाउपा बन्ने भन्दा बिग्रिने बाटोमा गइरहेको छ । पछिल्लो पटक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरुमाथि कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन् । 

सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा संरक्षक एवं रञ्जिताका पति रेशम चौधरी र अध्यक्ष रञ्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।

अध्यक्ष रञ्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउँदै आएकी छिन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् । 

रेशम र रञ्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएको छ । 

रेशम पक्ष प्रतिपक्ष नेपाली कांग्रेससँग नजिक देखिएको छ भने रञ्जिता पक्ष सत्ता गठबन्धनबाट नजिक देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ