arrow

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
dilli-raj-bhatta-gandaki.jpg

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएसँगै गण्डकी प्रदेशमामा नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । प्रदेश प्रमुख डिल्लीराम भट्टले सात दिन अर्थात चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । 

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । यो समयभित्रमा प्रदेश सभामा रहेका  सांसदले बहुमत सिद्ध गरेर मुख्यमन्त्रीमा दावी गर्न सक्नेछन् ।

तर यो समयभित्र कुनै पनि सांसदले मुख्यमन्त्रीमा दावी गर्न नसके संविधानको धारा १६८ उपधारा (३) अनुसार प्रक्रिया अघि बढेनछ । यो प्रक्रियाअनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछन् । 

यो प्रक्रिया अनुसार नेपाली कांग्रेसका पाण्डे नै नियुक्त हुनेछन् । पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । यस्तै, एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन ।

दुई सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।

एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले पछिल्लो समय आफू स्वतन्त्र सांसदको हैसियतमा रहेको दावी गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ