arrow

ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पमा परी नौ जनाको मृत्यु, करिब ९०० जना घाइते

logo
रासस/एएफपी
प्रकाशित २०८० चैत २२ बिहिबार
earthquake-taiwan-2024.jpg

न्यू ताइपेइ सिटी, ताइवान। भत्किएको ठुलो भवन नजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताए ।  उनले बुधबारको भूकम्पको धक्काबारे भने, “भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ त्यसैले मैले यसलाई सुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।” 

तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प व्यहोरेको बुधबारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएकोे’ बताइन् । उनले फेसबुकमा लेखेकी छिन्, “मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर काँपिरह्यो ।"

ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधवार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् । 

करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो । 

केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ ।

हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामीण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो । 

समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।  ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।

एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठुलो पहिरो खसेको देखिएको छ । एक जना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् ।

हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढी प्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा देख्न सकिन्छ । 

प्रत्यक्षदर्शीको अनुभव

बुधवार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भने, “भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।

राजधानीबाहिर रहेको लिउको न्यू ताइपेइ शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।

स्थानीय समयअनुसार बिहान ८ बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो 

वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए । 

प्रिन्टिङ प्रेस नजिकै बस्ने चाङले भने, “घरका धेरै सजावट भुईँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । “हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला,” उनले बताए ।

अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पुर्‍याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए । 

ताइवानको दोस्रो ठुलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठुला ठुला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।

ताइवानभरि नै शक्तिशाली धक्का महसुस

ताइपेइस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वु चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महसुस गरिएको थियो । भूकम्पको महसुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।

“सन् १९ को भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भन्नुभयो । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् । 

सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।

जोखिम र सतर्कता

भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महसुस गरिन्छ ।

ताइवानको राजधानी ताइपेइमा ठुला ठुला भवनहरू बनाइएकाभएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।

न्यू ताइपेइ शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताए । 



लोकप्रिय समाचार
नयाँ