arrow

वालिङ सहकारीको रोजगारमुखी योजना

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
श्रीकृष्ण सिग्देल, स्याङ्जा । मुलुकको आर्थिक समुन्नत सहकारी बाट गर्न सकिन्छ भन्दै नारा लगाइएपनि कतिपय सहकारीहरु सेवामुलक भन्दा पनि नाफामुलक तर्फ केन्द्रित रहेको पाइन्छ । अधिकांश सहकारीहरु वचत गर्ने र लगानी गर्ने बानी बसालीसकेका छन् । जसले गर्दा सहकारीको भावना विपरीत काम भइरहेको छ । तर स्याङ्जाको वालिङमा रहेको वालिङ वचत तथा ऋण सहकारी संस्थाले यो आर्थिक बर्षदेखि कृषक पेशा अगाल्ने किसानहरुलाई अत्यन्तै सस्तो व्याजदरमा लगानी गर्ने भएको छ । सहकारीको चौधौ बार्षिक साधरणसभाको बन्द सत्रले किसानहरुलाई सहुलियत व्याजमा कर्जा लगानी गरी कृषिलाई अगाडी बढाउन सुझाव दिएका छन् । शेयर सदस्यहरुको सुझावलाई मध्यनजर राख्दै सहकारीले यो आर्थिक बर्षदेखि किसानहरुको पहिचान गरी अत्यन्तै सस्तोमा कर्जा लगानी गर्ने भएको हो । 

कृषि व्यवसायलाई उत्थान गर्ने उदेश्यले सहकारीका शेयर सदस्यहरुले बन्दसत्रमा कृषि प्याकेट बनाएर कर्जा लगानी गर्न सुझाव दिएका थिए । हाल सहकारीले विभिन्न शिर्शकमा १४ प्रतिशत कर्जामा व्याज लिदै आएको छ । कृषिका लागि राम्रो वायोडटा आयो भने सहकारीले अन्य विकास बैंकहरुले भन्दा पनि सस्तोमा कर्जा लगानी गर्ने सहकारीका अध्यक्ष कर्णबहादुर श्रेष्ठले बताए । अव हाम्रो सहकारीको काम भनेको रोजगार मुखी बनाउने हो अध्यक्ष श्रेष्ठले भने,“कृषिलाई प्रमोट गरी जिल्लालाई आत्मनिर्भर बनाउने छौ त्यसका लागि सहकारीले नीति तयार गर्दै छ ।” जसले किसानहरुलाई सस्तोमा कर्जा पाएपछि कृषि उत्पादनमा जोड दिने छन् अध्यक्ष श्रेष्ठले थपे । सरकारले कृषिमा सस्तोमा कर्जा लगानी गर्न दिएको निर्देशन पनि अहिले सम्म कुनै बैंक तथा सहकारीहरुले पालना गरेका छैनन् । जसका कारण कृषि, पशु लगायतका व्यवसाय गर्ने किसानहरु बैंक तथा सहकारीको चर्को व्याज तिर्न बाध्य रहेका छन् । 

सहकारीको सेवा भनेको उत्पादनमुखी बनाउने हो सहकारीका प्रवन्धक रामप्रसाद सुवेदीले भने, “अव सहकारीले कृषिका लागि छुट्टै योजना बनाएर अगाडी बढ्ने छ ।” अहिले सम्म नगदी कारोवार मात्रै सहकारीले गर्दै आयौ अवका दिनवाट वालिङ वचत कृषिमा आत्मनिर्भर बनाउने योजना सहित अगाडी बढ्ने छ प्रवन्धक सुवेदीले थपे । करिव ७ सय शेयर सदस्य रहेको यो सहकारीमा सबै भन्दा बढी महिला शेयर सदस्य रहेका छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउदै आएको सहकारीले अवका दिनमा कृषिलाई जोड दिने बताइएको छ । १ करोड २५ लाख ४ हजार शेयर पुजी रहेको सहकारीले आर्थिक बर्ष २०७१÷०७२ मा ५ करोड ३८ लाख ९३ हजार १ सय ३३ निक्षेप संकलन गरेको छ भने ५ करोड ८४ लाख १३ हजार ५४ कर्जा लगानी गरेको छ । जसबाट १० लाख ४६ हजार ८ सय २ संचालन नाफ गरेको जनाएको छ । हरेक बार्षिक साधरणसभामा बर्षभरी कारोवार गर्ने उत्कृष्ट शेयर सदस्य, शेयर सदस्यका छोराछोरी बाट उत्कृष्ट अंक ल्याई एसएलसीमा उतिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको छ । जसले गर्दा सहकारीमा शेयर सदस्यहरुको आकर्षण बढिरहेको छ । शेयर सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक उत्थानका लागी सधै अगाडी बढ्ने सहकारीले जनाएको छ । कृषि र पशुपालनमा वालिङ वचत सहकारी ले झै अन्य सहकारीले पनि सहुलियत दरमा कर्जा लगानी गर्ने योजनालाई कार्यन्वयन गरेमा स्याङ्जा कृषिमा फड्को मार्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ