arrow

केएमसीको टोलीबाट रुकुमकोटमा १९ सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
sunil-sharma-kmc-rukum.jpg

रुकुम। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले पूर्वी रुकुमको रुकुमकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

सुशील कोइरााला स्मृति प्रतिष्ठानको आयोजना र पूर्वी रुकुमका स्थानीय पालिकाहरूको सह आयोजनमा आयोजित शिविर रुकमणी माध्यमिक विद्यालय सिस्ने पालिका बडा नम्बर ५ रुमुकोटमा सञ्चालन भएको थियो । 

स्वास्थ्य शिविरमा एक हजार आठ सय ७५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १२० जनाको ईसीजी, १८२ जनाको ल्याब परीक्षण १९५ जनाको यूएसजी, ६५ जनाको ईको गरिएको थियो ।

त्यस्तै ५५ जनाको दाँत खोलिएको र १०७ जनालाई रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



नयाँ