arrow

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

इलाममा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
upanirwachan-2081.jpeg

काठमाडौँ।  निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ ।

उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।

देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ