arrow

तेस्रो जनआन्दोलनको घोषणा, लुटकारी दलतन्त्रको अन्त्य गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
prabhu-saha-2080.jpg

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिबार काठमाडौँमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । उनले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए । 

उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताए । उनले अहिलेको पार्टी र नेताहरूले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरूले बेइमानी गरेको उनको ठहर छ ।

उनले भने, ‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो । दोस्रो जनआन्दोलनले नेपालबाट निरङ्कुश राजतन्त्रको अन्त्य ग¥यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । आज नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो । म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु । तपाईँहरूलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको शुरुवात हो । तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु । जन आन्दोलन जनता र पार्टीहरू मिलेर गरेका थिए । तर आज तपाईँ हेर्नुहुन्छ भने पार्टीका नेताहरू आफ्नो तीन पुस्तालाई पुग्ने गरी आफ्नो अधिकार, आफ्नो अस्तित्वलाई सुनिश्चित गर्ने गरी व्यवस्थामा बेइमानी गरे । जनता निरीह र लाचार जस्तो हुने र प्रमुख पार्टीहरू सिन्डिकेट बनाएर देशमा पार्टीको सिन्डिकेट, गुटको र गुट भित्र पनि नेताको हालीमुहाली ठुलो नेताको आसेपासेले मोज गर्ने र जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन । चोर नेताका कारण, जनताप्रति घात गरेका कारण नेताका लागि आज लोकतन्त्र भयो, पार्टीको लागि लोकतन्त्र भयो, जनता जहाँको त्यहीँ छन् । त्यसलाई सच्याउन हामीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ