arrow

रोनाल्डोलाई रेड कार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
saudi-cup-24-04-08.jpg

काठमाडौँ । अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि साडियो मानेले एक गोल गरेका थिए ।

खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो ।

अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ